रौतहटकाे बंकुल नाकाबाट सक्रिय तस्करी गिराेह, प्रहरीसम्म मासिक रकम बुझाउने खुलासा

गौर, रौतहट । बाराका नाकाहरूबाट तस्करी गरेर बदनाम बनेका एक गिरोहले अब रौतहटतर्फको बंकुल नाकालाई नयाँ केन्द्र बनाएको खुलेको छ । प्रहरी स्रोतका अनुसार, बारामा निगरानी कडा भएपछि उक्त समूहले बंकुल नाकाबाट तस्करीको गतिविधि सञ्चालन गर्न थालेको हो ।

स्थानीय सोर्तका अनुसार, यस गिरोहले नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय प्रमुखहरूलाई मासिक, साप्ताहिक मात्र नभई दैनिकीका रूपमा समेत रकम बुझाउँदै आएको छ। स्रोतले भन्यो, “बंकुल नाकामा प्रहरीलाई दैनिक २५ हजार रुपैयाँसम्म बुझाएर तस्करीको लाइन लिने गरिएको छ।”

गिरोहले नेपालबाट कॉस्मेटिक सामान भारततर्फ पठाउने र भारतबाट मरेका माछा र फूल ठूलो मात्रामा नेपाल भित्र्याउने गरेको पाइएको छ। यी सामानहरू मोटरसाइकलमार्फत सीमासम्म ल्याइने र त्यसपछि पिकअप गाडीमार्फत देशका विभिन्न भागमा पठाइने गरेको छ।

तस्करीमा संलग्न समूहमा दिनेश यादव, अजय यादव, सियाराम र सुरेन्द्र साह लगायतका व्यक्ति सक्रिय रहेको स्थानीय स्रोतको दाबी छ।

सुरक्षा निकायले बाराका सीमाक्षेत्रमा निगरानी कडा गरेपछि गिरोहले रौतहटका बंकुल नाकालाई वैकल्पिक बाटो बनाएको देखिएको छ। सीमावर्ती क्षेत्रमा स्थानीय प्रहरी र तस्करबीचको मिलेमतोका कारण तस्करी नियन्त्रणमा चुनौती थपिएको बताइन्छ।

एक सुरक्षा अधिकारीले भने, “नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरीबीच समन्वय आवश्यक छ। स्थानीय मिलेमतोका कारण तस्करी रोक्न कठिनाइ भएको छ।”

 

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
223 Shares