

जेन–जी’को आवरणमा आपराधिक गतिविधि तीव्र : उद्योगी–व्यवसायी असुरक्षित
काठमाडौं ।
हालका दिनमा ‘जेन–जी’ (Gen Z) को नाममा विभिन्न संगठनहरू गठन गरी समाजमा दबाब सिर्जना गर्ने, धम्की दिने र गैरकानुनी क्रियाकलापमा संलग्न हुने प्रवृत्ति तीव्र रूपमा फैलिँदै गएको छ। युवाहरूको प्रतिनिधित्व गर्ने दाबी गर्दै स्थापित यस्ता समूहहरूको वास्तविक उद्देश्य भने शक्ति प्रदर्शन, राजनीतिक लाभ लिनु र सामाजिक सञ्जालमार्फत अनावश्यक विवाद सिर्जना गर्नुमा केन्द्रित देखिएको छ।
‘जेन–जी’ नामको आवरण प्रयोग गर्दै केही व्यक्तिहरूले उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका कर्मचारीहरूलाई धम्की दिने कार्य बढाएका छन्। यस्ता गतिविधिले निजी क्षेत्रको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ भने व्यावसायिक वातावरणमै त्रासको स्थिति सिर्जना गरेको छ।
धेरै उद्योगी र व्यवसायीहरूले मौखिक तथा लिखित दुवै किसिमका धम्कीहरू पाएको बताएका छन्। यसले उनीहरूको व्यक्तिगत सुरक्षासँगै सम्पूर्ण व्यवसायिक प्रक्रिया प्रभावित बनाएको छ। कर्मचारीहरू समेत डर र असुरक्षाको भावनामा काम गर्न बाध्य भएका छन्।
युवाशक्तिको सकारात्मक प्रयोग गर्नुको सट्टा, केही सीमित व्यक्तिहरूले ‘जेन–जी’ पुस्ताको नाममा अराजकता फैलाउने कार्य गरेर सम्पूर्ण युवापुस्तामाथि नकारात्मक प्रभाव पार्ने काम गरिरहेका छन्। यस्तो व्यवहारले समाजमा अस्थिरता बढाउनुका साथै साँचिकै परिवर्तनका लागि मेहनत गरिरहेका युवाहरूको प्रयासमाथि पनि प्रश्न उठाएको छ।
स्रोतहरूका अनुसार, केही समूहहरू ‘जेन–जी’ को नाममा सरकारी कार्यालयहरूमा समेत दबाब सिर्जना गर्दै कर्मचारीलाई धम्क्याउने र सेवाग्राही प्रक्रियामा हस्तक्षेप गर्ने कार्यमा संलग्न देखिएका छन्।
यस्तै, जलविद्युत् क्षेत्रसमेत यस्ता धम्कीहरूको चपेटामा परेको छ। स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इन्डिपेन्डेन्ट पावर प्रोड्यूसर्स एसोसिएसन नेपाल (इप्पान) ले आयोजना र लगानीकर्तामाथि भइरहेको धम्की र बलजफ्ती मागप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
इप्पानका प्रतिनिधिहरूले शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष भेट गरी जलविद्युत् आयोजनाहरूको सुरक्षाका लागि आवश्यक सुरक्षा प्रत्याभूति उपलब्ध गराउन आग्रह गरेका छन्। इप्पानले बुझाएको ज्ञापनपत्रमा देशभरका विभिन्न जलविद्युत् परियोजना र निर्माणस्थलहरूमा देखिएको असुरक्षाको वातावरणप्रति चिन्ता व्यक्त गर्दै धम्की, अवरोध र जबर्जस्ती मागका कारण परियोजनाहरू प्रभावित हुन थालेको जनाएको छ।
संस्थाले यस्तो अवस्थाले समग्र ऊर्जा क्षेत्रमा नकारात्मक असर पार्ने चेतावनी दिँदै सरकारलाई तुरुन्त प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।
विशेषज्ञहरूको भनाइमा, ‘जेन–जी’को आवरणमा चलिरहेका यस्ता आपराधिक गतिविधिहरूले सेवा प्रवाहमा अवरोध सिर्जना गर्नुका साथै शासन प्रणालीप्रतिको जनविश्वासमा समेत गम्भीर असर पारेका छन्।
त्यसैले, सम्बन्धित सुरक्षा निकाय र सरकारी संयन्त्रले शीघ्र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग सर्वत्र उठ्न थालेको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



