

मनाङका अवरूद्ध सडक खुलेपछि ४ सय पर्यटक सुरक्षित स्थानतर्फ, तिलिचो र गोरखामा अझै २१ जना अलपत्र
मनाङ । मंगलबार दिनभर हिमपात भएर अवरूद्ध भएको माथिल्लो मनाङमा पर्ने मनाङ ङिस्याङ गाउँपालिका-९, खाङसारसम्मको डक खुलेको छ।
सुरक्षा निकायको सक्रियतामा स्थानीय सरकारले समन्वय गरेर सडक खुलाएसँगै त्यहाँ फसेका पर्यटकहरू सुरक्षित स्थानतर्फ झरेका छन् । बढी हिमपात भएको क्षेत्र हुम्देदेखि मनाङसम्मको करिब ८ किलोमिटर सडक हिजो साँझ नै खुलाइएकोमा मनाङदेखि खाङ्सारसम्मको करिब ६ किलोमिटर सडक बुधबार खुलाइएको हो ।
खाङ्सार क्षेत्रमा रहेका झन्डै ४ सय पर्यटक सडक खुलेसँगै बुधबार गन्तव्यतर्फ लागेका छन् । होटल तिलिचो क्षेत्रबाट फर्किएका पर्यटकलाई व्यवसायीसँगको समन्वयमा खाङ्सार, मनाङ, टंकी मनाङ, भ्राका, हुम्दे, पिसाङ, ढिकुरपोखरीलगायत क्षेत्रमा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताउनुभयो।
उहाँका त्यसरी व्यवस्थापन गरिएका पर्यटकहरूसमेत मौसममा सुधार भएसँगै गन्तव्यतर्फ लागेका छन् । यसैबीच तिलिचो बेस क्याम्पमा ९ वर्षीय बालकसहित १५ जना अलपत्र परेका छन् । बाटो बन्द हुँदा उनीहरू बेस क्याम्पबाट फर्किन नसकेको प्रहरीले जनाएको छ । अलपत्र परेकाहरूलाई सुरक्षित ठाउँमा राखिएको र मौसम खुलेसगै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताउनुभयो ।
यता गोरखाको चुमनुव्री गाउँपालिका-१ पाङबोचेस्थित पाङबारी पिक चढ्न गएका ३ जना इटालियन नागरिकसहित ६ जना हिउँमा फसेका छन् । इटालिन नागरिक ६५ वर्षीय भेल्टर पेरलिनो, ६७ वर्षीय स्तेफानो फर्रोनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो तथा उनीहरूका गाइड र सहयोगी हिउँमा फसेको जिल्ला प्रहरी कार्यालय गोरखका एसपी भरत विकले जानकारी दिनुभयो ।
क्याम्प-१ मा १ जना र क्याम्प-४ मा २ जना विदेशी नागरिक र ३ जना नेपाली रहेको जानकारी आएको उहाँले बताउनुभयो । उनीहरू फसेको स्थान सामागाउँमा रहेको प्रहरी चौकीबाट ९ घण्टा र सशस्त्र प्रहरी बलको बेस साम्दोबाट ६ घण्टाको पैदल उत्तरमा पर्छ । उनीहरूको उद्धारका लागि बुधबार कैलाश एयरको हेलिकप्टर कम्पनीसँग समन्वय भए पनि खराब मौसमका कारण उड्न नसकेको पनि प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



