डिआइजी ईश्वर कार्की एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका डिआइजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा रहेका डिआइजी कार्कीलाई एआईजीमा बढुवा गरेको हो ।कार्तिक २८ गते बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका कार्कीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।यसअघिका एआईजी दान बहादुर कार्की आईजीपीमा नियुक्त भएपछि उक्त पद रिक्त भएको थियो ।
उक्त रिक्त एआईजी पदमा कार्की बढुवा भएका हुन् ।उनी यसअघि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
477 Shares