

खस्कन थाल्यो अलैँचीको निर्यात
नेपालमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सबैभन्दा ठुलो हिस्सा ओगट्ने अलैँचीको निर्यात पछिल्ला वर्षहरूमा भने खस्कन थालेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/०७२ मा ३२.४८ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनमा पनि ३५.८९ प्रतिशतले गिरावट आएको छ।व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षको सुरुवातदेखि नै अलैँचीको निकासी निरन्तर ओरालो लागिरहेको छ ।
‘कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैँचीको निर्यात घटिरहेको छ, केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भने, गत आर्थिक वर्षमा साढे ३१ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आवको पहिलो महिनामा पनि सुधार हुन सकेन । यो आवको पहिलो महिनामै निकासीमा ३५.८९ प्रतिशतले ह्रास आएको छ । केन्द्रका अनुसार अघिल्लो साउनमा ३५ करोड ६५ लाख रुपैयाँको निकासी रहेकोमा चालू आवको साउनमा भने यो निकासी २२ करोड ८५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ। परिमाणका हिसाबले अलैँची निकासी झनै घटेको देखिन्छ। आजको कारोबार दैनिकमा समाचार छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



