डिआइजी सापको ध्यान कता ?

महोत्सरीको बर्दिबासस्थित इलाका प्रहरी कार्यालयको यो यथार्थ कुरा हो सर। यस कार्यालयमा विकास बम कार्यालय प्रमुख छन्। उक्त इप्रकामा बरिष्ठ सई दर्जाका कुबेर खतिवडा नाम गरेका सई छन्। उनको घर सर्लाही हो। उनी यसअघि मधेस प्रदेश प्रहरी कार्यालयका तत्कालीन डिआइजी उमाशंकर चतुर्वेदीका पिए मात्रै थिएनन्, कि उनको सबै कारोबार गर्ने अति नजिकका प्रियपात्र पनि थिए। मधेस प्रदेशका कुन अति राम्रो, कुन राम्रो र ती थाना–चौकीमा कसलाई पठाउने र के गर्ने सबै कारोबार उनी आफैं गर्थे। कुन जिल्लामा कुन घुमुवा परिचालन गर्ने सबै जिम्मेवारी उनै सई खतिवडालाई थियो। यो कुरा मधेस प्रदेशका जिल्लाका एसपीदेखि मातहतका अन्य कार्यालय प्रमुखसम्म सबैलाई थाहा भएको कुरा हो। खतिवडालाई ‘छायाँ डिआइजी’ भन्ने गर्थे यहाँका प्रहरीले। चतुर्वेदीले त्यति विश्वास र अधिकार दिएका थिए खतिवडालाई।
आफू एआइजीमा बढुवा भएर जाने बेलामा उनले यी विवादास्पद सई खतिवडालाई इलाका प्रहरी कार्यालय बर्दिबास काज गरे। बर्दिबासका डिएसपीले खतिवडालाई त्यहाँ नराख्लान् वा कुनै प्रकरणमा कारबाही गर्लान् भनेर उनी जाने बेलामा पुरस्कृत गरेर समेत गए। जबकि यहाँ अवैध उत्खनन र त्यसको असुली प्रहरीले व्यापक गरिरहेको छ। छानबिन गरेर कारबाही गर्नुपर्नेमा उल्टो पुरस्कृत गरेर आफ्नै पिएलाई संरक्षण गराएको काम गरे।
सर्लाही घर भएको र चिनजान भएको कारण नै होला, सर्लाहीको नवलपुरमा राजु नाम गरेका व्यक्तिले बाह्रै महिना जुवा खेलाउने काम गर्छन्, उनले सई खतिवडाको नाम बेच्ने गरेका छन्। सर्लाही जिल्ला प्रहरीका घुमुवा र स्थानीय प्रहरीलाई गरेर राजुले मासिक दुई लाख रुपैयाँ दिने गरेको समेत यहाँ सार्वजनिक भएको छ। जुवा खेलाउने राजुले खतिवडालाई आफ्नो क्लासमेट भएको भन्छन्। यिनै विवादास्पद सई खतिवडा अहिले महोत्तरीको मालदार र तस्करीको अखडा मानिने मटिहानी जानका लागि दौडधुपमा छन्। डिआइजी गोबिन्द थपलियालाई दबाब दिएको हामीले सुनेका छौँ।
त्यतिबेला जिल्ला–जिल्लामा घुमुवा र क्राइममा कार्यरत २२ जनालाई प्रयोग गरेर रकम उठाउने र पछि मुख्यालयमा नाम सिफारिस गरेर सरुवा गराई फेरि उनीहरू संग बार्गेनिङ गरेको तथ्य यी २२ जनालाई सोधपुछ गरे अझ धेरै कुरा थाहा हुनेछ। यसरी बदनाम भएको अवस्थामा अब पनि परिवर्तन हुन्छ कि हुँदैन भन्ने प्रश्न यहाँ उठ्न थालेको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
268 Shares