

प्रहरीको गोप्य सूचना लक्षित ‘फिसिङ इमेल’ सक्रिय, प्रधान कार्यालयद्वारा देशभरका इकाइलाई उच्च सतर्कता निर्देश
काठमाडौं । नेपाल प्रहरीका गोप्य अभिलेख तथा आन्तरिक सञ्चारमा अनधिकृत पहुँच जमाउन प्रयास गर्ने ‘फिसिङ इमेल’ सक्रिय देखिएपछि प्रहरी प्रधान कार्यालयले मातहतका सम्पूर्ण इकाइलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
सूचना प्रविधि निर्देशनालयले जारी गरेको परिपत्रमा, अन्वेषण तथा योजना शाखाको आधिकारिक इमेल ठहरिने गरी “महत्त्वपूर्ण सूचना, कृपया संलग्न कागजातको समीक्षा”, “हेल्प डेस्क सपोर्ट टिम” वा “नोटिस अफ गभरमेन्ट इस्युड कम्पेन्सेशन” भन्ने विषय लाइने फिसिङ इमेलहरू प्राप्त भइरहेकाले कुनै हालतमा नखोल्न र तुरुन्तै डिलिट गर्न भनिएको छ।
प्रहरीको आधिकारिक इमेल ठगेको जस्तो देखिने यस्ता सन्देशहरू खोलिएमागोप्य गतिविधि निगरानी,संवेदनशील सूचना चोरी,फाइल तथा प्रणालीमा अनधिकृत पहुँच र आर्थिक ठगी
जस्ता जोखिम हुने भन्दै निर्देशनालयले विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो।
यस्ता इमेलको प्रामाणिकता बारे शंका लागेमा तत्काल प्रहरी प्रधान कार्यालयअन्तर्गतको सूचना प्रविधि निर्देशनालयसँग प्रत्यक्ष समन्वय गर्न परिपत्रमा उल्लेख गरिएको छ।
साइबर अपराधीहरूले ‘फिसिङ इमेल’ मार्फत दुई पक्षबीचको इमेल संवादमा आफूलाई बीचको तेस्रो व्यक्ति (म्यान-इन-द-मिडल) का रूपमा राखेर गोप्य जानकारी चोर्ने वा वित्तीय ठगी गर्ने प्रवृत्ति बढ्दै गएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले सबै इकाइ, अधिकारी तथा जनशक्तिलाई सावधानीपूर्वक इमेल व्यवस्थापन अपनाउन आग्रह गर्दै साइबर सुरक्षामा लापरवाहीले ठूलो क्षति निम्त्याउन सक्ने चेतावनी दिएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



