

आईजीपी दान बहादुर कार्कीद्वारा ८ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले पदोन्नति प्राप्त गरेका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा आईजीपी कार्कीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
नेपाल सरकार, गृह मन्त्रालयको २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना, गृह मन्त्रालय (सचिवस्तर) को सोही मितिको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ३ जना तथा प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको हो ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले पदोन्नति प्राप्त प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रहरी संगठनको प्राविधिक समूहमा रही व्यावसायिक निष्ठा, इमानदारी र जिम्मेवारीपूर्वक कार्य सम्पादन गरेको मूल्याङ्कनका आधारमा पदोन्नति भएको उल्लेख गर्दै आगामी दिनमा अझ बढी उत्प्रेरित भई संगठनको सुदृढीकरणमा योगदान पुर्याउन निर्देशन दिनुभयो ।
आईजीपी कार्कीले प्रहरी कर्मचारीहरूको बोली, व्यवहार र आचरण नागरिकमैत्री तथा गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै नागरिकका समस्या समाधानमा संवेदनशील भई उच्च मनोबल, सामूहिक भावना, सकारात्मक सोच र इमानदारीका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो ।
साथै, आसन्न निर्वाचनलाई मध्यनजर गर्दै सम्भावित सुरक्षा चुनौतीहरूलाई समयमै सम्बोधन गर्न स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थासँग समन्वय र सहकार्य गर्दै प्रभावकारी सुरक्षा रणनीति अवलम्बन गर्नुपर्ने उहाँको भनाइ थियो ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



