

जेनजी आन्दोलनपछि निर्वतमान गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै
काठमाण्डौं १४ पुसः गत भदौं २३\२४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिनुभएका निर्वतमान गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य समेत रहनुभएका निर्वतमान गृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौं २३ गते जनधनको क्षति भएपछि उहाँले सोही दिन नैतिकता प्रर्दशन गर्दै साझँ नै राजीनामा दिनुभएको थियो । त्यसपछि भदौं २४ गते काठमाण्डौं लगायत मुलुकका ठुला शहरहरुमा सार्वजनिक तथा नीजि सम्पतीमा तोडफोड र आगजनी भएको थियो ।
“आज नेता लेखकले घटनाका विषयमा जानकारी गराउन जाँचबुझ आयोगमा जाने कार्यक्रम छ।” लेखकका स्वकीय सचिव जनक भट्टले भन्नुभयो–“ त्यसपछि लगत्तै संसदीय दलको कार्यालयबाट विस्तृत सार्वजनिक गर्नुहुनेछ”
लेखकले केही दिनअघि मात्रै सञ्चार माध्यममार्फत आफू आयोगमा घटनाबारे जानकारी गराउन जाने बताएका थिए । जेनजी आन्दोलनपछि पार्टी महाधिवेशनको विषयमा भइरहेको कांग्रेसको आन्तरिक छलफलमा मध्यमार्गी भूमिका निभाउँदै आएका लेखकले आयोगमा घटनाबारे जानकारी गराउने जाने सुरुवातबाटै मनसाय व्यक्त गर्दै आएका थिए ।
जेनजी आन्दोलनमा भएको घुसपैठका कारण नेता लेखकको काठमाण्डौं र कञ्चनपुरको महेन्द्रनगरमा गरी तीन वटा नीजि घर गरी आगजनी गरि ध्वस्त पारिएको थियो ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



