

राष्ट्रिय अपाँग महासंघ नेपालको सामाजिक परीक्षण सम्पन्न
राष्ट्रिय अपाँग महासंघ नेपालको सामाजिक परीक्षण सम्पन्न भएको छ । सामाजिक जवाफदेहिता अभिबृद्धि गर्नका लागि महासंघले बार्षिक सामाजिक परीक्षण काठमाण्डौंमा सम्पन्न गरेको हो । महासंघका संघिय अध्यक्ष देबिदत्त आचार्यको अध्यक्षतामा सम्पन्न सामाजिक परीक्षण कार्यक्रममा महासंघको बार्षिक प्रतिबेदन महासचिव सुगम भट्राईले सहजीकरण गरेको कार्यक्रममा सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षण प्रतिबेदन प्रश्तुत गरेका थिए । परियोजना अधिकृत रोशन न्यौपाले महासघले सन्चालन गरेका परियोजना बारे जानकारी दिएको कार्यक्रममा महासंघका पूर्ब अध्यक्ष डाक्टर बिरेन्द्रराज पोख्रेल, प्रशासकिय प्रमुक्ज लय प्रसाद उप्रेती लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बिभिन्न सरोकारवालाहरुले बिचारहरु राखेका थिए । नेपाल नेत्रहिन संघका महासचिव कलाधर भण्डारीले अपाङ्ताको आयआर्जन र रोजगारीको लागि दिगो श्रोतको खोजि गर्दै नयाँ नयाँ संस्थाहरुलाई महासंघले सहयोग गर्नु पर्ने बताए । उनले निर्वाचनमा अपाङ्गता, समाबेशिताको सवाल जोड्न माग गरे । अपाँगता अधिकारकर्मी गिरीधारी सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था महासंघको पैरबिबाट सम्भव भएको बताए । एक्सेस प्लानेटकी लक्ष्मी नेपालले अपाङ्गता भएका बालिकाको मुद्दामा आवाज उठाउनु पर्ने बताईन् । तेह्रथुमकी नरमाया लिम्बूले अपाङ्ग परिचयपत्र गुणस्तरिय हुनु पर्ने बताए । महासंघका पूर्व अध्यक्ष दिपक कोईरालाले महासंघका कामहरुलाई थप प्रचार, प्रसार गर्नुपर्ने बताए । जेनजी प्रतिनिधि मदन रोकायले महासंघ भित्र युथ एडभाईजेरी काउन्सिल बनाउनु पर्ने बताए । अपाँगता अधिकारकर्मी नबिना ज्ञवालीले महासंघले उधमशिलतालाई समेट्नु पर्ने बताईन् । कार्यक्रममा सुस्मिरा अर्याल बहिरा युवा महासंघका रामचन्द्र गैरे लगायतले बोलेका थिए ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



