

खाद्यले आजदेखि खसीबोका बिक्री गर्दै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री सुरु गरिने भएको हो । दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्ग्रा काठमाडौं ल्याइएको छ । कम्पनीले हिजो खसीबोका प्रतिकेजी ६ सय ८० रुपैयाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।गएको वर्ष कम्पनीले खसीबोकाको मूूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो । खरिद मूल्य नै बढेकाले मूल्य बढ्न गएको कम्पनीले जनाएको छ ।
कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले च्याङ्ग्रा र खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको जानकारी दिए । छुटमा खरिद गर्दा उपभोक्तालाई खसीबोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ पर्नेछ । कम्पनीले खसीबोका प्रतिकेजी ५ सय ७० देखि ६ सय रुपैयाँमा र च्याङ्ग्रा प्रतिकेजी एक हजार १ सय ५० रुपैयाँमा खरिद गरेको कम्पनीले जनाएको छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



