

हनिट्रयाप प्रकरणमा प्रहरी इन्स्पेक्टर बिनु शाहीलाई सफाइ, एक जनालाई सजाय
काठमाडौँ । बहुचर्चित भैंसेपाटी ‘हनिट्रयाप’ प्रकरणमा नेपाल प्रहरीकी इन्स्पेक्टर बिनु शाहीले अदालतबाट सफाइ पाएकी छन्। ललितपुर जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा शाहीसहित अन्य चार जनालाई आरोपबाट मुक्त गर्ने फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश ढाकाराम पौडेलको इजलासले इन्स्पेक्टर शाही, भिमादेवी थापा, सुस्मा बिक, दर्शन पोखरेल र तत्कालीन सहायक हवलदार महेन्द्र हमाललाई आरोप पुष्टि नहुने ठहर गर्दै सफाइ दिएको हो।
यद्यपि, सोही प्रकरणमा संलग्न इटहरीका ताज मूल इस्लामलाई अदालतले दोषी ठहर गर्दै डेढ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ।
प्रहरी अनुसन्धानअनुसार २०८१ असोजमा एक घरजग्गा व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउने’ धम्की दिँदै हनिट्रयापमा पारेर करिब ३० लाख रुपैयाँ असुलिएको थियो। उक्त रकममध्ये २० लाख रुपैयाँ दुई चरणमा भिमादेवी थापाको खातामा जम्मा भएको भेटिएको थियो।
घटनामा संलग्न रहेको आरोपमा सहायक हवलदार महेन्द्र हमाल, सुस्मा बिक, ताज मूल इस्लाम र भिमादेवी थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। पीडितले इन्स्पेक्टर शाहीले पनि बिचौलियासँग मिलेर रकम असुल्न भूमिका खेलेको आरोप लगाएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो र उनी निलम्बनमा परेकी थिइन्।
प्रकरणको सुरुवात भने १९ वर्षीया सुस्मा विकले असोज ६ गते भैंसेपाटी प्रहरी प्रभागमा एक पुरुषविरुद्ध गालीगलौज र धम्की दिएको उजुरी दिएपछि भएको थियो। तर अनुसन्धानका क्रममा घटनाले फरक मोड लिँदै हनिट्रयापमार्फत रकम असुलीको विषय बाहिर आएको थियो।
अदालतको पछिल्लो फैसलासँगै चर्चामा रहेको यो प्रकरणले नयाँ मोड लिएको छ भने अनुसन्धान र अभियोजन प्रक्रियामाथि पनि प्रश्न उठ्ने संकेत देखिएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



