प्रहरी महानिरीक्षक कार्कीको देशव्यापी निर्देशनात्मक सम्बोधन आज

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आज देशभरका प्रहरी कार्यालय प्रमुखहरूलाई लक्षित गर्दै महत्वपूर्ण निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्। प्रहरी संगठनको वर्तमान अवस्था, सुरक्षा चुनौती तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सम्बोधन गर्न लागिएको हो।

प्रहरी मुख्यालय स्रोतका अनुसार सम्बोधन बिहान ११ बजेका लागि तय गरिएको छ। सो कार्यक्रमलाई ध्यानमा राख्दै देशभरका सबै कार्यालय प्रमुखहरूलाई पौने ११ बजेसम्म अनिवार्य रूपमा कार्यालय पोशाकमा उपस्थित हुन निर्देशन दिइएको छ।

स्रोतका अनुसार आईजीपी कार्कीले पछिल्लो सुरक्षा परिस्थिति, संगठनभित्रको अनुशासन, सेवा प्रवाहको गुणस्तर तथा नागरिकप्रतिको उत्तरदायित्व जस्ता विषयमा स्पष्ट धारणा राख्दै एकीकृत निर्देशन दिने तयारी गरेका छन्। सम्बोधनमार्फत संगठनलाई थप सक्रिय, उत्तरदायी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

प्रहरी नेतृत्वबाट एकैपटक देशभरका प्रमुखहरूलाई निर्देशन दिन लागिएको यो कार्यक्रमलाई संगठनभित्र रणनीतिक महत्वका रूपमा हेरिएको छ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
७ घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
468 Shares