

जङ्गलमै ४५ दिन बसेर पदमार्ग निर्माण : दोवाका बासिन्दाबाट साहसिक नमूना काम
म्याग्दी । जिल्लाको का बासिन्दाले सामूहिक श्रम, साहस र जाँगरको अद्वितीय उदाहरण प्रस्तुत गरेका छन्। दुर्गम भौगोलिक अवस्थाबीच गाउँदेखि टाढा रहेको क्षेत्रमा पदमार्ग निर्माण गर्न उनीहरू ४५ दिनसम्म जङ्गलमै बसेर काम सम्पन्न गर्न सफल भएका हुन्।
र को साझेदारीमा दोवादेखि पातलखर्क, देउरालीडाँडा हुँदै हल्टुडे क्षेत्रसम्म ४ किलोमिटर ४०६ मिटर लामो पदमार्ग निर्माण गरिएको हो। उपभोक्ता समितिका अध्यक्ष का अनुसार बस्तीदेखि टाढा भएकाले दैनिक आवतजावत कठिन भएपछि २३ जना स्थानीयले निर्माणस्थलमै त्रिपालको अस्थायी गोठ बनाएर निरन्तर ४५ दिन श्रम गरेका थिए।
यस योजनाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमाथि मणीबराह युवा क्लबले दशैँ मेलाबाट संकलित ४ लाख २५ हजार ७६५ रुपैयाँ थप गरेको छ भने स्थानीयवासीले १ लाख २४ हजार रुपैयाँ बराबरको श्रमदान गरेका छन्।
“दोवामा पर्यटक भित्र्याउने, बसाइ अवधि लम्ब्याउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले यो काम गरेका हौँ,” अध्यक्ष पुनले बताए।
पदमार्ग अनुगमनका क्रममा गाउँपालिका उपाध्यक्ष ले विकट क्षेत्रमा सरकारी बजेटमा स्थानीय क्लबको सहकार्यबाट गरिएको कामलाई नमूनायोग्य भन्दै प्रशंसा गरिन्। वडाध्यक्ष का अनुसार परापूर्वकालदेखि गोठ लेकबेँसीका लागि प्रयोग हुँदै आएको पुरानो बाटोलाई नै व्यवस्थित गर्दै पदमार्गमा रूपान्तरण गरिएको हो।
यो पदमार्गले चर्चित लाई दोवा गाउँसँग जोड्ने लक्ष्य राखेको छ। गुराँसे जङ्गल, पहाडी भू–आकृति र हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिने यस मार्गले भविष्यमा म्याग्दी र मुस्ताङको पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
स्थानीय जनप्रतिनिधिहरूले दोवालाई आइसफल हुँदै मुस्ताङसम्म जोड्ने दीर्घकालीन योजना अघि सारेका छन्। दुर्गम क्षेत्रका बासिन्दाको यस्तो पहलले विकास केवल बजेटले होइन, इच्छाशक्ति र एकताले सम्भव हुन्छ भन्ने सन्देश दिएको छ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
७ घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



