नयाँ वर्षको पहिलो दिनमै सुनचाँदीको मूल्य उकालो, तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि

काठमाडौँ । नयाँ वर्ष २०८३ को पहिलो दिनमै नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् वर्ष २०८२ को अन्तिम दिन सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ३० रुपैयाँ कायम गरिएको छ, जुन हिजो २ लाख ५४ हजार ३७० रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ४ हजार ९०० रुपैयाँ थियो। १० ग्राम चाँदीको मूल्य भने ४ हजार ३४३ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

नयाँ वर्षको सुरुआतसँगै सुनचाँदीको मूल्यमा आएको यो वृद्धिले बजारमा पुनः चहलपहल बढ्ने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव, विनिमय दरमा हुने उतारचढाव तथा आन्तरिक मागका कारण मूल्यमा यस्तो वृद्धि देखिएको जानकारहरू बताउँछन्।

Facebook Comments Box
TOP
420 Shares