

गौशाला प्रहरी वृत्त पुनर्निर्माण तीव्र, एआईजी कार्कीबाट स्थलगत निरीक्षण
काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको प्रहरी वृत्त गौशालाको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। सेवा प्रवाहलाई शीघ्र सामान्य अवस्थामा फर्काउने लक्ष्यसहित निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको हो।
उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीले सोमबार प्रहरी वृत्त गौशालामा पुगेर पुनर्निर्माणको प्रगति तथा क्षतिग्रस्त संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले पुनर्निर्माण भइरहेका भवनहरूको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक निर्देशनसमेत दिनुभएको थियो।
कार्कीले सेवाग्राहीलाई कुनै असुविधा नपर्ने गरी अस्थायी संरचनामार्फत भए पनि सेवा सञ्चालनलाई निरन्तरता दिन निर्देशन दिँदै निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न जोड दिनुभयो। साथै, सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै यस्ता घटनाबाट भविष्यमा हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्न आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो।
प्रहरी वृत्त गौशाला हाल अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ भने पुनर्निर्माण सम्पन्न भएसँगै आधुनिक र व्यवस्थित सेवा प्रवाहमा थप सहजता आउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
११ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



