

सशस्त्र प्रहरीमा डीआईजी बढुवा प्रक्रिया अघि बढ्यो, कार्यक्षमता मुख्य मापदण्ड
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) मा लामो समयदेखि रिक्त रहेको नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा प्रक्रिया अन्ततः अघि बढाइएको छ। गृह मन्त्रालयले केही दिनभित्रै बढुवा टुंग्याउने तयारी गरेको स्रोतले जनाएको छ।
डीआईजी पद महिनौँदेखि खाली रहे पनि विगतमा चुनावका कारण बढुवा प्रक्रिया रोकिएको थियो। तर, नयाँ सरकार गठन भएको दुई साता बितिसक्दा पनि प्रक्रिया अघि नबढेपछि आलोचना चुलिएको थियो। सोही दबाबपछि गृह मन्त्रालयले सक्रियता देखाउँदै बढुवा प्रक्रिया अघि बढाएको हो।
यसपटक बढुवामा विगतजस्तो ‘सोर्सफोर्स’ र चलखेललाई निरुत्साहित गर्ने रणनीति अपनाइने भएको छ। मन्त्रालय स्रोतका अनुसार राजनीतिक पहुँचका आधारमा विगतमा लाभ लिएका अधिकारीहरूलाई ‘नकारात्मक सूची’मा राख्ने तयारी भइरहेको छ। यसले गर्दा वरियतामा अगाडि रहेकाहरू समेत बढुवाबाट बाहिरिने सम्भावना देखिएको छ।
गृहमन्त्री सुधन गुरुङ ले कार्यक्षमता र व्यावसायिकताको आधारमा बढुवा गर्न निर्देशन दिँदै निष्पक्ष प्रक्रिया सुनिश्चित गर्न जोड दिएका छन्। उनले गृहसचिव राजकुमार श्रेष्ठ लाई स्पष्ट निर्देशन दिँदै आवश्यक परे बढुवाका आकांक्षीहरूको अन्तर्वार्ता स्वयं लिने संकेत समेत दिएका छन्।
मन्त्रालयका एक अधिकारीका अनुसार, “ज्येष्ठता मात्रै होइन, कार्यक्षमता र प्रदर्शनलाई मुख्य आधार बनाइनेछ। यही कारण प्रक्रिया केही ढिलो भएको हो।”
बढुवामा सिंस–२ का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरू मुख्य दाबेदार मानिएका छन्। जसमा दिगविजय सुवेदी, भुपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुदिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, राजेन्द्र खड्का, उद्धव न्यौपाने, नरेन्द्र सेन, शंकर खनाल र किरण ढुंगाना वरियतामा अगाडि छन्।
यद्यपि, यसपटक कार्यसम्पादनलाई प्राथमिकता दिइने नीतिका कारण वरियताभन्दा पछाडि रहेका एसएसपीहरू समेत बढुवामा पर्न सक्ने सम्भावना रहेको छ।
सरकारको यो कदमले सशस्त्र प्रहरीभित्र निष्पक्षता र व्यावसायिकताको सन्देश दिने अपेक्षा गरिएको छ भने आगामी दिनमा बढुवा प्रणालीमा सुधारको संकेतका रूपमा पनि हेरिएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



