डिआईजी थपलियाद्वारा रौतहट प्रहरीको निरीक्षण, सेवा सुधारमा जोड

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) गोबिन्द थपलियाले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन तथा निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले प्रहरी कार्यसम्पादन, सेवा प्रवाह र सुरक्षा व्यवस्थाको समग्र अवस्थाबारे जानकारी लिएका थिए।

निरीक्षणपछि आयोजित कार्यक्रममा डिआईजी थपलियाले रौतहटमा कार्यरत प्रहरी कर्मचारी तथा मातहत इकाईका प्रमुखहरूलाई समसामयिक सुरक्षा चुनौती, शान्ति–सुरक्षा कायम राख्ने रणनीति र नागरिकमैत्री सेवा प्रवाहबारे आवश्यक निर्देशन दिएका छन्। उनले अपराध नियन्त्रणमा सक्रियता बढाउन, सूचना संकलन सुदृढ गर्न र समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउन जोड दिए।

त्यसैगरी, उनले अनुशासन, पारदर्शिता र जिम्मेवारीबोधलाई प्राथमिकतामा राख्दै प्रहरी संगठनको छवि उकास्न सबै कर्मचारीलाई सचेत रहन आग्रह गरे। सेवा प्रवाहमा कुनै किसिमको ढिलासुस्ती वा लापरबाही नगर्न निर्देशन दिँदै उनले जनताको विश्वास जित्नु नै प्रहरीको मुख्य दायित्व भएको उल्लेख गरे।

डिआईजी थपलियाको यस निरीक्षणले रौतहटमा सुरक्षा व्यवस्थापन थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१६ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
293 Shares