

अदालतले रोकेपछि गृहमन्त्री गुरुङ असन्तुष्ट : “अब तयारीसहित अघि बढ्छु, कसैलाई छोड्दिनँ”
काठमाडौँ : गृहमन्त्री ले आफूले सुरु गरेको हाई–प्रोफाइल पक्राउ अभियान अदालतबाट बारम्बार अवरुद्ध भएपछि असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीबार गृह मन्त्रालयमा पत्रकारहरूसँग पहिलोपटक औपचारिक छलफल गर्दै मन्त्री गुरुङले आफ्नो अभियानमा कानुनी चुनौती आएको स्वीकार गरे। पत्रकारले ‘तपाईंको रफ्तार स्लो डाउन भएको हो ?’ भन्ने प्रश्न गर्दा उनले हाँस्दै भने, “खोइ त, अदालतले छाड्ने रहेछ।”
गुरुङले पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री लाई पक्राउ गर्न आफूहरूले हतार गरेको समेत स्वीकार गरे।
“रातभर नसुतीकन पक्राउ गरेका थियौँ, अन्त्यमा के भयो तपाईँहरूलाई थाहै छ,” उनले भने, “त्यसमा अलिकति तयारी गर्नुपर्ने रहेछ भन्ने महसुस गरेको छु।”
उच्च पदस्थ व्यक्तिहरू पक्राउपछि अदालतको आदेशमा छुट्दै गएको विषयमा उनले असन्तुष्टि जनाउँदै अब कानुनी तयारी बलियो बनाउने बताए।
“अहिले म कानुन केलाइरहेको छु,” उनले भने, “अब न्यायालयलाई पनि ब्रेकफास्ट दिन्छु।”
आगामी दिनमा पक्राउको शृङ्खला नरोकिने स्पष्ट पार्दै उनले थपे, “जतिसुकै ठूला भए पनि छोड्दिनँ।”
उनले प्रहरीले अदालतमा बुझाउने प्रमाण अझ मजबुत बनाइने बताए। “प्रमाण सङ्कलन गरेर अदालतले छाड्नै नसक्ने अवस्था बनाउने गरी हाम्रो टिमले काम गरिरहेको छ,” उनले भने।
यसैबीच, मन्त्री गुरुङले नेतृत्वको सरकारद्वारा भदौ २३ र २४ मा गरिएको ‘जेनजी आन्दोलन’ दमनको प्रसङ्ग उल्लेख गर्दै वर्तमान भूमिकामा आफू न्यायसंगत रहने बताए।
“म अहिले सबैलाई न्याय दिने ठाउँमा छु, त्यसैले उहाँलाई पनि अन्याय गर्नु हुँदैन,” उनले भने।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
८ घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



