मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेन शाहको सन्देश: ‘आमा र मातृभूमि स्वर्गभन्दा महान्’

काठमाडौँ । ले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा, सम्मान र शुभकामना व्यक्त गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च रहेको उल्लेख गरेका छन्। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने शास्त्रीय वचन उद्धृत गर्दै उनले आमाको काखलाई न्यानो र चरणलाई तीर्थजस्तै पवित्र भएको बताएका छन्।

प्रधानमन्त्री शाहले सृष्टिकी मुहान आमाहरूलाई माया, त्याग र समर्पणको अनुपम उदाहरणका रूपमा चित्रण गर्दै सम्पूर्ण आमाहरूको दीर्घायु र सुस्वास्थ्यको कामना गरेका छन्। उनले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताको स्रोतका रूपमा सम्मान व्यक्त गरेका छन्।

सन्तानका रूपमा आफ्नो कर्तव्यबारे स्मरण गराउँदै उनले भनेका छन्, “आमालाई सधैं हँसाउन सकौँ, हाम्रा कर्मले आमाहरूले सधैं गर्व गर्न सकून्।”

उनले मातृभक्तिसँगै देशभक्तिको भावना जोड्दै भावुक अपिल पनि गरेका छन्, “हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।”

मातातीर्थ औँसीका अवसरमा आएको यो सन्देशले आमा र मातृभूमिप्रतिको सम्मान, कृतज्ञता र जिम्मेवारीलाई एकैसाथ उजागर गरेको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
427 Shares