

बीपी राजमार्गको कटुञ्जे–मङ्गलटार खण्ड पुनः अवरुद्ध, डाइभर्सन बगाएपछि यातायात ठप्प
काभ्रेपलाञ्चोक । निरन्तर वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका क्षेत्रस्थित कटुञ्जेदेखि रोशी गाउँपालिकाको मङ्गलटारसम्मको सडकखण्ड आज बिहानदेखि पुनः अवरुद्ध भएको छ।
रोशी खोलामा पानीको बहाव बढेसँगै विभिन्न स्थानमा निर्माण गरिएका अस्थायी ‘डाइभर्सन’ बगाएपछि सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार डाइभर्सन मर्मत कार्य सुरु भए पनि आवागमन सुचारु हुन केही घण्टा लाग्ने अनुमान गरिएको छ।
गत वर्षको बाढीपहिरोले रोशी र सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक क्षति पुर्याएपछि खोलाबाटै अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन हुँदै आएको थियो। त्यस्तै, गत चैत महिनामा पनि सोही क्षेत्रमा थप करिब चार किलोमिटर सडक बग्दा पुनः अस्थायी व्यवस्था गरिएको थियो।
सडक अवरुद्ध भएपछि धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा सवारीसाधनलाई रोकिएको छ। यात्रामा निस्कनुअघि राजमार्गको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार प्रभावित क्षेत्रमा स्थायी सडक निर्माणको काम भइरहेको छ। तर वर्षा र खोलाको बहावका कारण बारम्बार अस्थायी संरचना बग्दा यातायात सञ्चालनमा चुनौती थपिएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



