सुनमा उकालो, चाँदीमा गिरावट

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढ्दै ३ लाख १ हजार ३ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्यमा भने हल्का गिरावट आएको छ। हिजो प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ५ हजार १ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका आधारमा नेपालमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुँदै आएको छ। पछिल्लो मूल्य परिवर्तनले बजारमा पुनः चासो बढाएको व्यवसायीहरू बताउँछन्।

Facebook Comments Box
TOP
489 Shares