

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक ठाकुर मन्त्रालय तानिए, नयाँ नेतृत्वको तयारी
काठमाडौं । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई पदबाट हटाउँदै मन्त्रालयमा तानेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको निर्णयअनुसार ठाकुरलाई जिम्मेवारीबाट हटाइएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छासँग नाम जोडिएको विषय सार्वजनिक भएपछि मन्त्रालयले उनलाई तत्काल प्रभावबाट जिम्मेवारीमुक्त गरेको स्रोतले जनाएको छ। यस घटनाले विभागको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेपछि यस्तो निर्णय गरिएको बुझिएको छ।
मन्त्रालयले अब विभागको नेतृत्वमा नयाँ महानिर्देशक पठाउने तयारी तीव्र पारेको छ। स्रोतका अनुसार छिट्टै नयाँ नेतृत्व नियुक्ति हुने सम्भावना छ।
ठाकुर यसअघि पनि २०७८ सालमा सोही विभागको नेतृत्व सम्हालिसकेका थिए। उनलाई निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले पुनः महानिर्देशकको जिम्मेवारी दिएका थिए।
सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील क्षेत्रमा नेतृत्व परिवर्तनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विज्ञहरूले पारदर्शिता, जवाफदेहिता र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न सक्षम नेतृत्व आवश्यक रहेको औँल्याएका छन्।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१५ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



