

सुनकोशीमा डुबेका उदयपुरका पुरुष पाँच दिनपछि मृत फेला
उदयपुर — माछा मार्ने क्रममा सुनकोशी नदीमा डुबेर बेपत्ता भएका उदयपुरका एक पुरुष पाँच दिनपछि मृत अवस्थामा फेला परेका छन्। लिम्चुङबुङ गाउँपालिका–५ चौलानेका ५१ वर्षीय रामशेर राई आइतबार मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी निरञ्जन थापाका अनुसार राई अन्य आठ जनासँग माछा मार्न गएका बेला लिम्चुङबुङ गाउँपालिका–४ सानरलुङस्थित सुनकोशी नदीबाट बेपत्ता भएका थिए। घटनापछि प्रहरी टोलीले निरन्तर खोजतलास जारी राखेको थियो।
खोजीका क्रममा राईको शव रौतामाई गाउँपालिका–३ भदौरे किनारमा फेला परेको प्रहरीले जनाएको छ।
शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१५ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



