

सरकारको नयाँ प्रस्ताव : सडकमा अवरोध गर्ने गतिविधिमा कडा जरिबाना
काठमाडौँ । सरकारले सार्वजनिक सडक तथा आवागमनमा बाधा पुर्याउने गतिविधिहरू नियन्त्रण गर्न कडा जरिबानाको व्यवस्था गर्ने प्रस्ताव अघि सारेको छ ।
प्रस्तावित व्यवस्थाअनुसार सडकमा निर्माण सामग्री जस्तै ढुङ्गा, बालुवा राख्ने, व्यापारिक सामान थुपार्ने वा छाडा चौपाया छोडेर यातायात आवागमनमा अवरोध पुर्याउने व्यक्तिलाई ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिबाना गरिनेछ ।
सरकारले यस्तो गतिविधिका कारण सवारी आवागमन प्रभावित हुने, दुर्घटनाको जोखिम बढ्ने तथा सर्वसाधारणलाई असुविधा हुने भएकाले नियन्त्रण आवश्यक रहेको जनाएको छ ।
प्रस्ताव कार्यान्वयनमा आएपछि सडक अनुशासन कायम गर्न र सार्वजनिक स्थानको उचित प्रयोग सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



