

एनसेल–स्मार्ट टेलिकम लिलाम प्रकरण: अनुसन्धान लम्बिँदै, उच्च तहका अधिकारीमाथि प्रश्न
काठमाडौं । एनसेल र स्मार्ट टेलिकमसँग जोडिएको लिलाम प्रकरणमा मुख्य योजनाकारका रूपमा आरोपित व्यक्ति एनसेलसँग सम्बन्धित रहेको दाबी गरिए पनि हालसम्म सो कम्पनीका कुनै पनि अधिकारी पक्राउ नपरेको विषयले अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत पक्राउ गरे पनि एनसेलसँग जोडिएका व्यक्तिमाथिको अनुसन्धान अपेक्षाकृत ढिलो भएको भन्दै चासो बढेको छ। सीआईबीले केही दिनअघि एनसेल कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो।
एउटै नेटवर्कमार्फत सञ्चालन भएको दाबी
अनुसन्धानका क्रममा र एनसेलसँग सम्बन्धित सञ्चालक संरचना एउटै व्यक्ति वा समूहसँग जोडिएको दाबी गरिएको छ। पछिल्लो समय सिंगापुरमा बस्दै आएका सतिशलाल आचार्यले दुवै कम्पनीमा प्रभाव राख्दै आएको आरोप अनुसन्धानमा उल्लेख छ।
आचार्यले आफन्त सर्वेश जोशीको नाममा स्मार्ट टेलिकमको सेयर हस्तान्तरण गरी सरकारी स्वामित्वमा पुगेको सम्पत्तिको व्यवस्थापनमा मिलेमतो गरिएको हुनसक्ने आशंकासमेत अनुसन्धानमा समेटिएको छ। सोही प्रकरणमा प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि सीआईबीले छानबिन अघि बढाएको हो।
पक्राउ र फरारको अवस्था
यस प्रकरणमा सर्वेश जोशी पक्राउ परेर अनुसन्धान अघि बढेको करिब १७ दिन बितिसकेको छ। तर एनसेलसँग सम्बन्धित भनिएका कुनै पनि उच्च अधिकारी पक्राउ परेका छैनन्।
सीआईबीले पक्राउको तयारी गरेपछि एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकर फोलेसहित केही उच्च पदस्थ अधिकारी विदेशतर्फ गएको दाबीसमेत स्रोतहरूले गरेका छन्।
यसबीच, ले इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरे पनि उनी अदालतको आदेशपछि रिहा भइसकेका छन्। त्यस्तै लिलाम प्रक्रियामा संलग्न भनिएकी पलिना श्रेष्ठ पनि छुटिसकेको स्रोतको दाबी छ।
सम्पत्ति शुद्धीकरणतर्फ छुट्टै अनुसन्धान
यसै प्रकरणसँग सम्बन्धित आर्थिक कारोबारबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छुट्टै छानबिन गरिरहेको जनाएको छ।
विभागका एक उच्च अधिकारीका अनुसार, पाँच अर्ब रुपैयाँभन्दा बढी रकम वैध अनुमति बिना विभिन्न माध्यमबाट सिंगापुर र दुबई पठाइएको आशंका छ। सो रकम स्मार्ट टेलिकमको विस्तारका लागि नभई अन्य प्रयोजनमा प्रयोग भएको हुनसक्ने दाबीसमेत गरिएको छ।
त्यस्तै, काठमाडौँका बागबजार, ज्ञानेश्वरलगायत क्षेत्रमा खरिद गरिएका सम्पत्तिको स्रोतबारे पनि अनुसन्धान भइरहेको बताइएको छ।
विभाग स्रोतका अनुसार सिंगापुरमा आधारित एक कम्पनीमार्फत करिब दुई अर्ब रुपैयाँ ऋण प्रवाह गरिएको देखिए पनि त्यसको प्रयोग कम्पनीको व्यवसाय विस्तारमा नभई अन्यत्र भएको आशंका गरिएको छ।
अनुसन्धानमाथि प्रश्न र दबाब
अनुसन्धान जारी रहे पनि मुख्य आरोपितहरू पक्राउ नपरेको, केही व्यक्ति विदेश गएको भनिएको तथा अनुसन्धानको गति ढिलो भएको भन्दै विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन्।
सीआईबी नेतृत्व एनसेलप्रति नरम देखिएको आशंका पनि सार्वजनिक भइरहेका छन्। यद्यपि अनुसन्धान निकायहरूले भने प्रक्रिया कानुनअनुसार अघि बढिरहेको दाबी गर्दै आएका छन्।
हालसम्म यस प्रकरणमा केही व्यक्तिहरू थुनामा रहेका छन् भने केहीमाथि पक्राउ पुर्जी जारी भए पनि उनीहरू पक्राउ परेका छैनन्।
अनुसन्धान निष्कर्षमा नपुगेसम्म सम्पूर्ण आरोपहरू औपचारिक पुष्टि हुन बाँकी रहेको अधिकारीहरूले जनाएका छन्।
समाज
थप सामाग्री-
सर्वोच्चको आदेशपछि स्मार्ट टेलिकम प्रकरण अनुसन्धानमा तीव्रता, एनसेल लिलाम प्रक्रियामाथि पनि प्रश्न उठ्दै
-
डाबर हनी न्यून गुणस्तर भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन, उपभोक्तालाई सतर्क रहन आग्रह
-
डिएसपी सुनिल जंग शाह ‘बैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
-
आज जेठ ०७ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
गुरुङ प्रकरणमा प्रहरीभित्रै विवाद : प्रमाण संकलनको नाममा ‘गोप्य अपरेशन’ !
तिलगङ्गा बस्ती हटाइएपछि आक्रोशित स्थानीय आन्दोलनमा
१७ घण्टा अगाडि
1.6kViews 329 Shares Share on Facebook Share on Twitter काठमाडौं । पशुपति विकास क्षेत्र कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा क्षेत्रको बस्ती…



