

डिएसपी सुनिल जंग शाह ‘बैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक अपरेसन अफिसर प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिल जंग शाह ‘२०८३ साल बैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी (Traffic Police of the Month)’ घोषित भएका छन्।
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र भरपर्दो बनाउन खेलेको उल्लेखनीय भूमिकाको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार डिएसपी शाहले विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, साहस, व्यावसायिकता, लगनशीलता र कर्तव्यनिष्ठाका साथ जिम्मेवारी निर्वाह गरेका छन्। उनले ट्राफिक व्यवस्थापनलाई सरल र सहज बनाउनुका साथै सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, सडक सुरक्षा अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका छन्।
त्यसैगरी, परिणाममुखी प्रहरी सेवा प्रवाह, पारदर्शी कार्यशैली र अनुशासित ढंगबाट जिम्मेवारी सम्पन्न गरेको मूल्यांकनका आधारमा उनलाई ‘Traffic Police of the Month’ का रूपमा छनोट गरिएको कार्यालयले जनाएको छ।
रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा डिएसपी शाहलाई उक्त सम्मान प्रदान गरिएको हो।
यस उपलब्धिले ट्राफिक व्यवस्थापन क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरिएको छ।
डिएसपी सुनिल जंग शाहलाई यस महत्वपूर्ण सम्मानका लागि हार्दिक बधाई तथा आगामी कार्यकालका लागि शुभकामना।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



