गोठाटारबाट पेस्तोलसहित युवक पक्राउ, गाडीको सिटमुनि लुकाइएको अवस्थामा हतियार बरामद

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित एक युवकलाई पक्राउ गरेको छ।

अवैध रूपमा हातहतियार राखेको अभियोगमा सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६ बस्दै आएका २३ वर्षीय सन्दिप परियारलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोठाटार क्षेत्रमा बिग्रिएर चल्न नसक्ने अवस्थामा रहेको बा ४ ख ५२४१ नम्बरको गाडीमा खानतलासी गर्दा सिटमुनि लुकाइ–छिपाइ राखिएको अवस्थामा १ थान पेस्तोल र सोहीको १ थान म्याग्जिन फेला परेको हो।

विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि उक्त हतियार बरामद गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका परियारलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रहरीले हतियारको स्रोत, आपराधिक पृष्ठभूमि तथा यसलाई कुन उद्देश्यका लागि लुकाएर राखिएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

Facebook Comments Box
नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेजबीच शैक्षिक सहकार्य सम्झौता, प्रहरी परिवारलाई छात्रवृत्ति र क्षमता विकासका अवसर
५ घण्टा अगाडि

1.6kViews 259 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेज अफ बिजनेस…

TOP
491 Shares