

डीएसपी रणबहादुर चन्द बैशाख महिनाका सर्वोत्कृष्ट प्रहरी घोषित
कैलाली । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्द बैशाख महिनाका सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। उत्कृष्ट कार्यसम्पादनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले विशेष कार्यक्रममा डीएसपी चन्दलाई सम्मानपत्रसहित पुरस्कृत गरेका हुन्।
मालाखेती क्षेत्रमा करिब १३ महिनादेखि नेतृत्व सम्हालिरहेका डीएसपी चन्दको कार्यकालमा अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन तथा अवैध गतिविधिविरुद्ध प्रभावकारी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
उनको नेतृत्वमा अत्तरिया क्षेत्रमा विभिन्न अभियानका क्रममा एक करोड ७८ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिएको थियो। साथै, विभिन्न आपराधिक तथा गैरकानुनी गतिविधिमा संलग्न ३३५ जनालाई नियन्त्रणमा लिई कानुनी कारबाहीको दायरामा ल्याइएको तथ्यांक छ।
प्रहरी संगठनले अपराध नियन्त्रण, अनुसन्धानमा सक्रियता, अनुशासन तथा जनमैत्री प्रहरी सेवामा पुर्याएको योगदानको मूल्यांकन गर्दै डीएसपी चन्दलाई बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको जनाएको छ।
स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गर्न तथा अवैध गतिविधि नियन्त्रणमा उनले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रहरी नेतृत्वले आगामी दिनमा समेत यस्तै समर्पित कार्यसम्पादनको अपेक्षा गरेको छ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



