भक्तपुरका सिडिओ उमेश ढकाललाई भव्य विदाई, कर्मचारी र सुरक्षा निकायको सम्मानपूर्ण बिदाइ

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेश कुमार ढकाललाई एक विशेष समारोहका बीच सम्मानपूर्वक विदाई गरिएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आयोजित ‘विदाई तथा फेरि भेटौंला’ कार्यक्रममा सिडिओ ढकालको कार्यकालको प्रशंसा गर्दै कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरूले सफल आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरू, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) सूर्य खड्कालगायत प्रहरी नायव उपरीक्षक (डिएसपी) हरू तथा मातहतका प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भक्तपुरमा रहँदा सिडिओ ढकालले शान्ति सुरक्षा सुदृढीकरण, सेवा प्रवाहमा सुधार, सुशासन प्रवर्द्धन तथा विभिन्न निकायबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै प्रशासनिक नेतृत्वलाई प्रभावकारी बनाएको सहभागीहरूले बताएका थिए।

विदाई समारोहमा वक्ताहरूले ढकालको नेतृत्व क्षमता, कार्यसम्पादन शैली र जनमुखी प्रशासनिक व्यवहारको प्रशंसा गर्दै उनको आगामी जिम्मेवारी पनि सफल र उपलब्धिमूलक रहने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रम भावुक वातावरणबीच सम्पन्न भएको थियो भने सहभागीहरूले सिडिओ ढकालको योगदानको उच्च मूल्यांकन गर्दै उज्ज्वल भविष्यको कामना गरेका थिए।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
326 Shares