एसपी गोविन्दराज काफ्लेले सम्हाले गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

पोखरा । नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको निर्णयअनुसार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौंडा कास्कीको प्रमुखका रूपमा सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेको स्वागत तथा सरुवा भई जानुभएका एसपी दानबहादुर थापाको बिदाइ एवं जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै एसपी दानबहादुर थापाले गगनगौंडा कास्कीमा कार्यरत रहँदाका अनुभवहरू साझा गर्दै कार्यालय र मातहतका ट्राफिक प्रहरी इकाइहरूबाट सम्पन्न भएका विभिन्न कार्यहरूको समीक्षा गर्नुभयो। उहाँले आफ्नो कार्यकाल सफल बनाउन सहयोग, सहकार्य र समन्वय गर्ने सम्पूर्ण प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्दै उनीहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो।

उहाँले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा प्रवर्द्धन तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालनमा कार्यालयले हासिल गरेका उपलब्धिहरूलाई संस्थागत सफलताको रूपमा उल्लेख गर्दै नवआगन्तुक कार्यालय प्रमुखलाई सफल कार्यकालको शुभकामना दिनुभयो।

त्यसैगरी, नवआगन्तुक एसपी गोविन्दराज काफ्लेले सरुवा भई जानुभएका एसपी थापाले आफ्नो कार्यकालमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै सडक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।

कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा कर्मचारीहरूले दुवै प्रहरी नेतृत्वको कार्यसम्पादनको प्रशंसा गर्दै एसपी थापाको आगामी जिम्मेवारी सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए भने एसपी काफ्लेलाई नयाँ जिम्मेवारीका लागि हार्दिक स्वागत गरेका थिए।

गण्डकी प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्ग सुरक्षालाई थप सुदृढ बनाउने अपेक्षासहित सम्पन्न उक्त कार्यक्रमले नेतृत्व हस्तान्तरणसँगै संस्थागत निरन्तरता र व्यावसायिक सहकार्यको सन्देश दिएको छ।

Facebook Comments Box
नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेजबीच शैक्षिक सहकार्य सम्झौता, प्रहरी परिवारलाई छात्रवृत्ति र क्षमता विकासका अवसर
४ घण्टा अगाडि

1.4kViews 259 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेज अफ बिजनेस…

TOP
156 Shares