नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेजबीच शैक्षिक सहकार्य सम्झौता, प्रहरी परिवारलाई छात्रवृत्ति र क्षमता विकासका अवसर

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेज अफ बिजनेस म्यानेजमेन्ट (CBM) बीच शैक्षिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ।

आयोजित कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका तर्फबाट अध्यक्ष नविना खत्री कार्की तथा सीबीएम कलेजका तर्फबाट अध्यक्ष लेखनाथ कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार नेपाल प्रहरीमा कार्यरत तथा अवकाशप्राप्त प्रहरी कर्मचारीका परिवार, साथै अमर तथा अशक्त प्रहरीका परिवारलाई लक्षित गरी गुणस्तरीय शिक्षामा पहुँच विस्तार गरिनेछ। यसअन्तर्गत विज्ञान, कानून तथा व्यवस्थापन संकायअन्तर्गतका प्लस टु, बीबीएस, बीबीएस प्लस, बीबीएम तथा एमबीएस तहका विद्यार्थीहरूलाई पूर्ण तथा आंशिक छात्रवृत्तिका साथै विभिन्न क्षमता विकासका अवसर उपलब्ध गराइने सहमति भएको छ।

कार्यक्रममा बोल्दै दुवै पक्षले शिक्षा, नैतिक मूल्य र अनुशासनलाई प्राथमिकतामा राख्दै प्रहरी परिवारका सदस्यहरूको शैक्षिक तथा व्यावसायिक विकासमा सहकार्यले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सीबीएम कलेजका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती संघका महासचिव, कार्यक्रम सचिव, कोषाध्यक्षलगायत पदाधिकारीहरू तथा प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस सहकार्यले प्रहरी परिवारका सदस्यहरूलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न, शैक्षिक अवसर बढाउन तथा भविष्य निर्माणका लागि आवश्यक ज्ञान र सीप विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
259 Shares