

एसपी रंजित सिंह राठौरले सम्हाले स्याङ्जा प्रहरीको नेतृत्व, कर्मचारीद्वारा भव्य स्वागत
स्याङ्जा । नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रमुखका रूपमा सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा हाजिर भएपछि कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले उहाँलाई स्वागत गरेका थिए। पदभार ग्रहण गरेसँगै एसपी राठौरले कार्यालयका प्रहरी कर्मचारीहरूसँग परिचयात्मक भेटघाट गर्दै संगठनको अनुशासन, व्यावसायिकता, सेवाप्रवाह र शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिनुभयो।
उहाँले नागरिकमैत्री प्रहरी सेवा, अपराध नियन्त्रण, अनुसन्धानको प्रभावकारिता तथा समुदाय–प्रहरी साझेदारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।
नवआगमनसँगै स्याङ्जाको शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र जनविश्वास अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमका लागि समय दिन अस्वीकार गरेपछि संसदमा विवाद चर्किने संकेत
-
१५ महिनापछि पुनः सुरु भयो ऐतिहासिक लमजुङ दरबार पुनर्निर्माण, स्थानीयमा जाग्यो नयाँ आशा
-
एसपी गोविन्दराज काफ्लेले सम्हाले गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी
-
भक्तपुरका सिडिओ उमेश ढकाललाई भव्य विदाई, कर्मचारी र सुरक्षा निकायको सम्मानपूर्ण बिदाइ
-
डीएसपी रणबहादुर चन्द बैशाख महिनाका सर्वोत्कृष्ट प्रहरी घोषित
नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेजबीच शैक्षिक सहकार्य सम्झौता, प्रहरी परिवारलाई छात्रवृत्ति र क्षमता विकासका अवसर
४ घण्टा अगाडि
1.5kViews 259 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेज अफ बिजनेस…



