डीएसपी रणबहादुर चन्द बैशाख महिनाका सर्वोत्कृष्ट प्रहरी घोषित

कैलाली । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्द बैशाख महिनाका सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। उत्कृष्ट कार्यसम्पादनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले विशेष कार्यक्रममा डीएसपी चन्दलाई सम्मानपत्रसहित पुरस्कृत गरेका हुन्।

मालाखेती क्षेत्रमा करिब १३ महिनादेखि नेतृत्व सम्हालिरहेका डीएसपी चन्दको कार्यकालमा अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन तथा अवैध गतिविधिविरुद्ध प्रभावकारी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

उनको नेतृत्वमा अत्तरिया क्षेत्रमा विभिन्न अभियानका क्रममा एक करोड ७८ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिएको थियो। साथै, विभिन्न आपराधिक तथा गैरकानुनी गतिविधिमा संलग्न ३३५ जनालाई नियन्त्रणमा लिई कानुनी कारबाहीको दायरामा ल्याइएको तथ्यांक छ।

प्रहरी संगठनले अपराध नियन्त्रण, अनुसन्धानमा सक्रियता, अनुशासन तथा जनमैत्री प्रहरी सेवामा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै डीएसपी चन्दलाई बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको जनाएको छ।

स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गर्न तथा अवैध गतिविधि नियन्त्रणमा उनले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रहरी नेतृत्वले आगामी दिनमा समेत यस्तै समर्पित कार्यसम्पादनको अपेक्षा गरेको छ।

Facebook Comments Box
नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेजबीच शैक्षिक सहकार्य सम्झौता, प्रहरी परिवारलाई छात्रवृत्ति र क्षमता विकासका अवसर
४ घण्टा अगाडि

1.4kViews 259 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेज अफ बिजनेस…

TOP
241 Shares