कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु हुने, सरकारले औपचारिक निर्णय गर्‍यो

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसबारे शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई औपचारिक पत्राचार गर्दै निर्देशन दिएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार शैक्षिक सत्र २०८२ को एसईई नतिजा प्रकाशित भइसकेको सन्दर्भलाई आधार मान्दै कक्षा ११ को पठनपाठन असार १ गतेदेखि नै सुरु गर्न सम्बन्धित निकायहरूलाई सूचना प्रवाह गर्न भनिएको छ ।

यसअघि एसईई नतिजा प्रकाशन र कक्षा ११ को पठनपाठन सुरु हुने मितिबारे अन्योलता रहँदै आएको थियो । तर नतिजा समयमै सार्वजनिक भएपछि विद्यार्थी, अभिभावक तथा विद्यालयहरूमा देखिएको अन्योल अन्त्य गर्दै शैक्षिक गतिविधि नियमित बनाउन मन्त्रालयले यो निर्णय गरेको हो ।

मन्त्रालयले समयमै पठनपाठन सुरु हुँदा शैक्षिक सुशासन कायम हुने तथा अध्ययन–अध्यापन प्रभावकारी भई विद्यालय शिक्षाको गुणस्तरमा सुधार आउने अपेक्षा गरेको छ ।

Facebook Comments Box
नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेजबीच शैक्षिक सहकार्य सम्झौता, प्रहरी परिवारलाई छात्रवृत्ति र क्षमता विकासका अवसर
४ घण्टा अगाडि

1.6kViews 259 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेज अफ बिजनेस…

TOP
495 Shares