

सशस्त्र प्रहरी बढुवा सिफारिस विवादमा, नियमअनुसार भएको दाबी
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा डीएसपीदेखि एआईजीसम्मका रिक्त पदमा हालै गरिएको बढुवा सिफारिस विवादमा तानिएको छ। बुधबार एकैपटक गरिएको उक्त सिफारिसमा कार्यसम्पादन मूल्यांकन र वरियताको प्रयोगमा असन्तुलन भएको भन्दै असन्तुष्टि देखिएको छ।
सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल नेतृत्वमा गरिएको यो पहिलो ठूलो बढुवा सिफारिस हो। पौडेल स्वयं वरियतालाई प्राथमिकता दिने अडानसहित आईजीपी बनेका थिए। तर, एआईजी तहको सिफारिसमा केही वरिष्ठ डीआईजीलाई छुटाएर कनिष्ठलाई अघि बढाइएको भन्दै प्रश्न उठेको छ।
सिफारिसअनुसार अञ्जनीकुमार पोखरेललाई एआईजीमा बढुवा गर्न प्रस्ताव गरिएको छ। तर, उनीभन्दा वरियतामा अगाडि रहेका डीआईजीहरू लक्ष्मण बहादुर सिंह, प्रदीप पाल तथा सुरेश श्रेष्ठलाई पछाडि पारिएको दाबी गरिएको छ।
यस विषयमा संगठनभित्र असन्तुष्टि देखिँदा केहीले यसलाई “चलखेल” को परिणाम भन्दै आलोचना गरेका छन्। उनीहरूको दाबी अनुसार समान ब्याचका अधिकृतहरूलाई समान रूपमा अवसर नदिइएको र नेतृत्व चयनमा व्यक्तिगत पहुँच तथा राजनीतिक निकटताको प्रभाव परेको आशंका गरिएको छ। यद्यपि, यी आरोपहरूको आधिकारिक पुष्टि भएको छैन।
डीआईजी बढुवामा पनि राजेन्द्र खड्काको सिफारिस भएको जनाइएको छ। तर, यसअघि वरियतामा अगाडि भए पनि छुटेका कमल तिउसिना, भूपेन्द्र केसी र निरकृष्ण अधिकारीलगायत यसपटक पनि समावेश नभएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
यता सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी डीआईजी विष्णुप्रसाद भट्टले भने बढुवा प्रक्रिया कानून र नियमावलीअनुसार नै गरिएको दाबी गरेका छन्। उनले कार्यसम्पादन र वरियतासम्बन्धी व्यवस्था नियममै आधारित भएको उल्लेख गर्दै भने, “संगठनले कानून बाहिर गएर बढुवा गरेको छैन, नियमावलीअनुसार नै निर्णय भएको हो।”
उनका अनुसार केही असन्तुष्ट अधिकारीहरूले विरोध जनाए पनि प्रक्रिया विधिसम्मत रूपमा अघि बढाइएको छ।
यससँगै सशस्त्र प्रहरीको बढुवा सिफारिस फेरि एकपटक संगठनभित्रको आन्तरिक पारदर्शिता, वरियता प्रणाली र कार्यसम्पादन मूल्यांकनको सन्तुलनबारे बहसको केन्द्रमा आएको छ।
समाज
थप सामाग्री-
प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमका लागि समय दिन अस्वीकार गरेपछि संसदमा विवाद चर्किने संकेत
-
१५ महिनापछि पुनः सुरु भयो ऐतिहासिक लमजुङ दरबार पुनर्निर्माण, स्थानीयमा जाग्यो नयाँ आशा
-
एसपी गोविन्दराज काफ्लेले सम्हाले गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी
-
भक्तपुरका सिडिओ उमेश ढकाललाई भव्य विदाई, कर्मचारी र सुरक्षा निकायको सम्मानपूर्ण बिदाइ
-
डीएसपी रणबहादुर चन्द बैशाख महिनाका सर्वोत्कृष्ट प्रहरी घोषित
नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेजबीच शैक्षिक सहकार्य सम्झौता, प्रहरी परिवारलाई छात्रवृत्ति र क्षमता विकासका अवसर
४ घण्टा अगाडि
1.6kViews 259 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेज अफ बिजनेस…



