

एआईजी ईश्वर कार्की र मेयर गिरीबीच समझदारी, चन्द्रगिरीमा सिसिटिभी सञ्जाल विस्तार हुने
काठमाडौं । काठमाडौँ उपत्यकाको शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने उद्देश्यले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र चन्द्रगिरी नगरपालिकाबीच सिसिटिभी (CCTV) जडान तथा सञ्चालन सम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्की र चन्द्रगिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको हो।
समझदारीपत्रअनुसार नगर क्षेत्रका विभिन्न रणनीतिक तथा संवेदनशील स्थानमा सिसिटिभी क्यामेरा जडान तथा सञ्चालन गरी अपराध नियन्त्रण, अनुसन्धान तथा सार्वजनिक सुरक्षालाई थप मजबुत बनाइने अपेक्षा गरिएको छ। यसले प्रहरीको निगरानी क्षमता बढाउनुका साथै नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
कार्यक्रममा बोल्दै एआईजी कार्कीले शान्ति सुरक्षा नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै नगरवासीको सुरक्षाका लागि सिसिटिभी जडान अभियान अघि बढाएकोमा चन्द्रगिरी नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोगले अपराध नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाउने बताउँदै आगामी दिनमा पनि शान्ति सुरक्षा, विकास निर्माण तथा सामाजिक सुरक्षाका क्षेत्रमा स्थानीय तहसँग सहकार्यलाई अझ सुदृढ बनाइने धारणा राख्नुभयो।
नगर प्रमुख गिरीले पनि सुरक्षित र व्यवस्थित नगर निर्माणका लागि प्रविधिमार्फत सुरक्षा सञ्जाल विस्तार गर्नु आवश्यक रहेको बताउँदै प्रहरीसँगको सहकार्यले नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रहरी र स्थानीय सरकारबीच भएको यो सहकार्यलाई काठमाडौं उपत्यकामा स्मार्ट सुरक्षा प्रणाली विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सिसिटिभी सञ्जाल विस्तारसँगै अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा आपराधिक गतिविधिको अनुसन्धानमा समेत थप सहजता आउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमका लागि समय दिन अस्वीकार गरेपछि संसदमा विवाद चर्किने संकेत
-
१५ महिनापछि पुनः सुरु भयो ऐतिहासिक लमजुङ दरबार पुनर्निर्माण, स्थानीयमा जाग्यो नयाँ आशा
-
एसपी गोविन्दराज काफ्लेले सम्हाले गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी
-
भक्तपुरका सिडिओ उमेश ढकाललाई भव्य विदाई, कर्मचारी र सुरक्षा निकायको सम्मानपूर्ण बिदाइ
-
डीएसपी रणबहादुर चन्द बैशाख महिनाका सर्वोत्कृष्ट प्रहरी घोषित
नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेजबीच शैक्षिक सहकार्य सम्झौता, प्रहरी परिवारलाई छात्रवृत्ति र क्षमता विकासका अवसर
४ घण्टा अगाडि
1.6kViews 259 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेज अफ बिजनेस…



