

४० दिनमै विपद्को कहर : ७० जनाको मृत्यु, १ हजार ६२१ परिवार प्रभावित
काठमाडौं । नेपालमा चालु वर्षको वैशाखयता विपद्जन्य घटनाले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। पछिल्लो करिब ४० दिनको अवधिमा देशभर भएका १ हजार ३४२ विपद्जन्य घटनामा परी ७० जनाको मृत्यु भएको छ भने ३३३ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी लेक लागेर १६ जनाले ज्यान गुमाएका छन्। यस्तै, चट्याङबाट १४ जना र आगलागीबाट ११ जनाको मृत्यु भएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार हुरीका कारण नौ, जनावरको आक्रमणबाट आठ, सर्पदंशबाट पाँच, पहिरोमा दुई, डुङ्गा पल्टिँदा दुई तथा वन डढेलो, बाढी र हिउँपहिरोका घटनामा एक–एक जनाको ज्यान गएको छ।
विपद्का घटनाबाट देशभर १ हजार ६२१ परिवार प्रभावित भएका छन्। घटना सङ्ख्याका आधारमा हेर्दा भने आगलागी सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ। पछिल्लो ४० दिनमा ४८८ वटा आगलागीका घटना दर्ता भएका छन्। त्यसपछि हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ घटना भएका छन्।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ३२ वटा विपद्जन्य घटना भएका छन्। ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। साथै, ती घटनाबाट १७ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
विज्ञहरूले मनसुन नजिकिँदै गएको अवस्थामा बाढी, पहिरो, चट्याङ र अन्य प्राकृतिक विपद्को जोखिम थप बढ्न सक्ने भएकाले नागरिकलाई सतर्क रहन र स्थानीय तह तथा सम्बन्धित निकायलाई पूर्वतयारीमा जुट्न आग्रह गरेका छन्।
समाज
थप सामाग्री-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
१७ घण्टा अगाडि
1.2kViews 104 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति…



