

बकर इद र गणतन्त्र दिवसले जुरायो लामो बिदा, चार दिन देशभर सार्वजनिक सेवा बन्द
काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर इद (इद–उल–अज्हा) तथा गणतन्त्र दिवसको अवसरमा देशभर लगातार चार दिन सार्वजनिक तथा साप्ताहिक बिदा परेको छ। सरकारले आजदेखि सार्वजनिक बिदा सुरु गरेसँगै सरकारी कार्यालय, बैंक तथा शैक्षिक संस्था चार दिनसम्म बन्द रहने भएका छन्।
गृह मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत २०८३ जेठ १४ गते बिहीबार बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा मुस्लिम आयोगबाट प्राप्त सूचनाअनुसार उक्त दिन बकर इद परेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “मुस्लिम आयोगबाट मिति २०८३ जेठ १४ गते बिहीबारका दिन बकर इद परेको बेहोरा जानकारी प्राप्त हुन आएको हुँदा मिति २०८३ जेठ १४ गते सार्वजनिक बिदा हुने भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।”
गृह मन्त्रालयले बकर इदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई थप मजबुत बनाओस् भन्ने कामना पनि गरेको छ।
बकर इदको भोलिपल्ट अर्थात् जेठ १५ गते शुक्रबार गणतन्त्र दिवस परेकाले त्यस दिन पनि सार्वजनिक बिदा हुनेछ। त्यसपछि जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा परेकाले यसपटक लगातार चार दिन लामो बिदा परेको हो।
लगातारको बिदाका कारण आन्तरिक पर्यटन, होटल व्यवसाय तथा यात्रु चाप उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। विशेषगरी काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्न सक्ने भन्दै यातायात व्यवसायीहरूले थप सवारी व्यवस्थापनको तयारी थालेका छन्।
यता लामो बिदाले सरकारी सेवा प्रवाह, बैंकिङ कारोबार तथा शैक्षिक गतिविधिमा भने केही दिन असर पर्ने देखिएको छ। अत्यावश्यक सेवा बाहेक अधिकांश सरकारी कार्यालय बन्द रहनेछन्।
धार्मिक पर्व र राष्ट्रिय उत्सव एकै साता जुरेकाले नागरिकले पारिवारिक भेटघाट, भ्रमण तथा विश्रामका लागि पनि यो अवसरलाई उपयोग गर्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१८ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



