पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव, देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । यस्तै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बादल रहने अनुमान गरिएको छ । हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा तातो दिन (Heat Wave) हुने सम्भावना रहेको पनि उल्लेख गरिएको छ ।

रातिको समयतर्फ हेर्दा देशको हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ । साथै कोशी प्रदेशको हिमाली–पहाडी भूभागसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१८ घण्टा अगाडि

1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…

TOP
159 Shares