

काठमाडौं प्रहरीको नेतृत्वमा एसएसपी दिलीप घिमिरे, एसएसपी रमेश थापाको बिदाइ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले सम्हालेका छन्। गृह मन्त्रालयको निर्णयअनुसार सरुवा भएर आएका घिमिरेले बिहीबार औपचारिक रूपमा परिसरको कमान्ड सम्हालेका हुन्।
गृह मन्त्रालयले गत सोमबार घिमिरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो। सोहीअनुसार उनी परिसरमा हाजिर भई राजधानीको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको नेतृत्वमा खटिएका छन्।
यससँगै एसएसपी रमेश थापाले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीबाट बिदाइ लिएका छन्। करिब नौ महिनासम्म परिसरको नेतृत्व गरेका थापाले चुनौतीपूर्ण परिस्थितिमा काठमाडौं प्रहरीको कमान्ड सम्हालेका थिए।
उनले नेतृत्व सम्हाल्दा काठमाडौंका प्रहरी इकाइहरूमा पूर्वाधार अभाव, प्रहरी कर्मचारीको आवास समस्या तथा मनोबल खस्किएको अवस्था रहेको बताइन्छ। त्यस्तो परिस्थितिमा उनले संगठनलाई व्यवस्थित बनाउँदै शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
थापाको कार्यकालमा जेन–जी आन्दोलनपछिको संवेदनशील सुरक्षा अवस्थाको व्यवस्थापनदेखि विभिन्न चर्चित घटनाको अनुसन्धानसमेत अघि बढाइएको थियो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित पक्राउ तथा अनुसन्धान प्रक्रियासहितका उच्च महत्वका सुरक्षा तथा कानुनी विषयमा पनि उनले कमान्ड सम्हालेका थिए।
नयाँ प्रहरी प्रमुखका रूपमा आएका एसएसपी घिमिरेले राजधानीको सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र नागरिकमैत्री प्रहरी सेवालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



