

एआइजी सिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा OCM Level-II तालिम समापन सम्पन्न
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II)” तालिमको २७ औँ समूहको समापन कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रम राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी सिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
समापन समारोहमा प्रमुख अतिथि शाहले तालिम पूरा गरी दीक्षित भएका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। साथै उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै व्यावसायिक दक्षता, अनुशासन र जिम्मेवारी निर्वाहमा अझ सशक्त हुन निर्देशन दिनुभयो।
त्यसैगरी तालिम संयोजक प्रहरी नायब उपरीक्षक राजु पाण्डेले तालिम अवधिमा सम्पन्न गरिएका गतिविधि तथा उपलब्धिबारे संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले तालिमले कार्यक्षमता, नेतृत्व क्षमता र अपरेशनल व्यवस्थापनमा महत्वपूर्ण ज्ञान प्राप्त भएको बताएका छन्।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



