

सांसद ध्रुवराज राईको विवादास्पद अभिव्यक्ति: “किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ”
काठमाडौँ । किसानलाई बाँदरको आतंकबाट जोगाउन ठूलो मात्रामा बाँदर नियन्त्रण गर्नुपर्ने भन्दै सांसद ध्रुवराज राईले दिएको अभिव्यक्तिले सार्वजनिक बहस सिर्जना गरेको छ।
सांसद राईले किसानको समस्या गम्भीर भएको दाबी गर्दै बाँदर नियन्त्रणका लागि कडा कदम आवश्यक रहेको बताएका छन्। उनले कानुनी चुनौतीको सामना गर्न तयार रहेको संकेत गर्दै आफ्नो अभिव्यक्तिमा अडानसमेत दोहोर्याएका छन्।
उनका अनुसार बाँदरका कारण किसानहरू ठूलो क्षति बेहोर्न बाध्य भएका छन् र “खेलाँची नगर्न” चेतावनीसमेत दिएका छन्।
उनले भनेका छन्,
“किसान बचाउनका लागि ६ लाख बाँदर मार्नुपर्छ, जे’ल जान पनि डराउँदिनँ। मेराविरुद्ध उजुरी हाल्नुहुनेहरूले सोच्नुहोला, बाँदरपीडितहरू लिएर तपाईँका घरमा आउँछु जवाफ दिन तयार रहनुहोला। बाँदरले किसानको उठिबास लगाएको छ, खेलाँची नसोच्नुहोला।”
उनको यो अभिव्यक्तिपछि वन्यजन्तु संरक्षण, कानुनी दायित्व र किसानका समस्या समाधानका उपायबारे पुनः बहस चर्किएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



