मातृभाषाप्रति गर्व गर्दै उपसभामुख रुबीले भनिन् : “मैथिली मेरो पहिचान र आत्मासँग जोडिएको अमूल्य सम्पदा हो”

काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफ्नो मातृभाषा मैथिलीप्रति गर्व व्यक्त गर्दै भाषिक विविधता नेपालको मौलिक पहिचान भएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपसभामुख ठाकुरले मैथिली आफ्नो मातृभाषा र मधेस आफ्नो जन्मभूमि भएको उल्लेख गर्दै शुद्ध नेपाली बोल्न आफू निरन्तर प्रयासरत रहेको स्पष्ट पारेकी छन्।

उनले आफ्नो बोली, लवज र अभिव्यक्तिमा मैथिली भाषाको मिठास झल्किनु स्वाभाविक रहेको बताउँदै मातृभाषा केवल संवादको माध्यम मात्र नभई पहिचान, संस्कृति, सभ्यता, इतिहास र आत्मासँग जोडिएको अमूल्य सम्पदा भएको उल्लेख गरेकी छन्।

“मैथिली मेरो मातृभाषा हो र मधेस मेरो जन्मभूमि हो। शुद्ध नेपाली बोल्न म निरन्तर प्रयासरत छु। मेरो बोली, लवज र अभिव्यक्तिमा मैथिलीको मिठास झल्किनु स्वाभाविक हो,” उनले लेखेकी छन्।

उपसभामुख ठाकुरले भाषिक विविधता नेपालको शक्ति भएको उल्लेख गर्दै मातृभाषाको संरक्षण, प्रवर्द्धन र सम्मान सबैको साझा दायित्व रहेको धारणा व्यक्त गरेकी छन्। उनले आफ्नो मातृभाषालाई गर्वका साथ अपनाउने र जीवनभर सम्मान गरिरहने प्रतिबद्धता समेत जनाएकी छन्।

उनको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा सकारात्मक रूपमा लिइएको छ। धेरैले मातृभाषाप्रतिको सम्मान र भाषिक पहिचानको संरक्षणसम्बन्धी उनको धारणाको प्रशंसा गरेका छन्। नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबै भाषा र संस्कृतिप्रति समान सम्मान हुनुपर्ने आवाजसमेत उठिरहेको छ।

उपसभामुख ठाकुरको भनाइले मातृभाषा र राष्ट्रिय भाषाबीच कुनै प्रतिस्पर्धा नभई दुवैको सम्मान र संरक्षणमार्फत राष्ट्रिय एकता अझ बलियो बन्न सक्ने सन्देश दिएको छ।

Facebook Comments Box
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि

1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…

TOP
137 Shares