व्यावसायिक, लगनशील र निडर बनेर जनसेवामा खटिन एसएसपी घिमिरेको निर्देशन

काठमाडौं । काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले प्रहरी संगठनप्रतिको जनविश्वास अझ मजबुत बनाउन व्यावसायिकता, लगनशीलता र निडरतासहित जिम्मेवारी निर्वाह गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

प्रहरी वृत्त महाराजगञ्जको निरीक्षण तथा अनुगमनका क्रममा एसएसपी घिमिरेले शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने र नागरिकको अपेक्षाअनुरूप गुणस्तरीय प्रहरी सेवा प्रवाह गर्ने कार्यमा कुनै सम्झौता नगर्न निर्देशन दिएका हुन्।

उनले प्रहरी कर्मचारीहरूलाई कानुनको निष्पक्ष कार्यान्वयन, सेवाग्राहीमैत्री व्यवहार र उच्च अनुशासन कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे। समाजमा बढ्दै गइरहेका विभिन्न प्रकारका अपराध नियन्त्रणका लागि प्रहरी अझ सक्रिय, सतर्क र परिणाममुखी बन्नुपर्नेमा उनले जोड दिए।

एसएसपी घिमिरेले प्रहरी संगठनको प्रतिष्ठा प्रत्येक प्रहरीको आचरण र कार्यशैलीसँग जोडिएको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिए। उनले नागरिकको सुरक्षा, शान्ति र न्याय सुनिश्चित गर्न प्रहरी सदैव प्रतिबद्ध रहेको पनि बताए।

निरीक्षणका क्रममा वृत्तको सुरक्षा अवस्था, अपराध अनुसन्धानको प्रगति, सेवा प्रवाह तथा अन्य प्रशासनिक गतिविधिबारे जानकारी लिँदै एसएसपी घिमिरेले कार्यसम्पादनलाई अझ प्रभावकारी र जनमुखी बनाउन आवश्यक सुझावसमेत दिएका थिए।

प्रहरी नेतृत्वबाट प्राप्त निर्देशनले प्रहरी वृत्त महाराजगञ्जका कर्मचारीहरूलाई थप जिम्मेवार, सक्रिय र सेवामुखी बन्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

Facebook Comments Box
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि

1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…

TOP
166 Shares