ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र नागरिकमैत्री बनाउन डिआइजी पौडेलको निर्देशन

तनहुँ  । नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागका डिआइजी अरुण पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको अनुगमन तथा निरीक्षण गर्दै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, प्रविधिमैत्री र नागरिकमैत्री बनाउन निर्देशन दिएका छन्।

निरीक्षणका क्रममा डिआइजी पौडेलले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै सडक सुरक्षा अभिवृद्धि, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे। उनले सेवाग्राहीप्रति सकारात्मक र मैत्रीपूर्ण व्यवहार प्रदर्शन गर्न तथा संगठनको अनुशासन र व्यावसायिक मर्यादालाई उच्च प्राथमिकतामा राख्न विशेष जोड दिए।

उनले ट्राफिक व्यवस्थापनका क्रममा देखिएका चुनौतीहरूको पहिचान गरी सम्बन्धित सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै समाधानमुखी ढंगले अघि बढ्न निर्देशन दिए। साथै राजमार्ग तथा शहरी क्षेत्रका सडकहरूमा सुरक्षित, सहज र व्यवस्थित आवागमन सुनिश्चित गर्न आवश्यक रणनीति अवलम्बन गर्नुपर्नेमा जोड दिए।

डिआइजी पौडेलले ट्राफिक व्यवस्थापन केवल नियम कार्यान्वयनमा सीमित नभई नागरिकको सुरक्षा, सुविधा र विश्वाससँग प्रत्यक्ष जोडिएको विषय भएकाले जिम्मेवारीपूर्ण ढंगले कार्यसम्पादन गर्नुपर्ने बताए। उनले प्रहरी संगठनप्रतिको जनविश्वास थप मजबुत बनाउन पारदर्शी, उत्तरदायी र नागरिककेन्द्रित सेवा प्रवाहमा ध्यान दिन समेत निर्देशन दिए।

उनको निरीक्षण तथा निर्देशन कार्यक्रमले तनहुँ जिल्लामा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

Facebook Comments Box
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१५ घण्टा अगाडि

1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…

TOP
324 Shares