

प्रतिनिधि सभाको २३औँ बैठक आज बस्दै, विनियोजन विधेयकमाथि छलफल सुरु हुने
काठमाडौँ । प्रतिनिधि सभा, दोस्रो अधिवेशनअन्तर्गत २३औँ बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुने र विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूमाथि सांसदहरूले धारणा राख्ने कार्यक्रम रहेको छ।
बैठकको सुरुमै सभामुखले प्रतिनिधि सभाअन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। समितिहरू पुनर्गठन भएपछि विनियोजन विधेयक, २०८३ का मन्त्रालयगत शीर्षकहरूमाथि समूहगत छलफल अघि बढाइनेछ।
आजको बैठकमा मुख्यगरी ९ वटा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुने भएको छ। तीमध्ये युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय तथा सूचना तथा सञ्चार मन्त्रालय रहेका छन्।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका बजेट शीर्षकमाथि पनि सांसदहरूले आफ्ना धारणा प्रस्तुत गर्नेछन्।
बजेटमाथिको छलफलसँगै सांसदहरूले खर्च कटौतीसम्बन्धी प्रस्ताव पनि पेस गर्ने कार्यसूची रहेको छ।
त्यसअनुसार सांसद कृपाराम रानाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट शीर्षकको खर्च रकम घटाई ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै सांसद नीता घतानीले सूचना तथा सञ्चार मन्त्रालय, तथा अर्जुनकुमार कार्कीले शिक्षा तथा खेलकुद मन्त्रालयको बजेट शीर्षक घटाई ‘एक रुपैयाँ’ कायम गर्न प्रस्ताव पेस गर्नेछन्।
साथै सांसद साजिदा खातुन सिद्धिकीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्नेछिन्।
यस्तै सांसद एशुदाकुमारी बरालले भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट शीर्षक घटाई ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
९ घण्टा अगाडि
1.3kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



