

बाजुरामा युवतीमाथि चक्कु प्रहार, घाँटीमा चोट लागेपछि थप उपचारका लागि नेपालगञ्ज रिफर
काठमाडौं । बाजुरामा एक युवतीमाथि रातिको समयमा चक्कु प्रहार भएको घटना सार्वजनिक भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका–४ वाईकी ३६ वर्षीया ठुमरा बिष्टमाथि अज्ञात समूहले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार राति करिब साढे १ बजेको समयमा २–३ जनाको अज्ञात समूहले बिष्टलाई भान्साकोठामा बोलाई घाँटीको बायाँ भागमा चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाका बेला उनी घरमै सुतिरहेको अवस्थामा रहेको बताइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट प्रहरी निरीक्षक चन्द्रसिंह कठायतको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। टोलीले घाइते बिष्टको तत्काल उद्धार गरी कोल्टी आधारभूत अस्पताल पुर्याएको थियो।
अस्पतालमा प्रारम्भिक उपचारपछि उनको अवस्था थप निगरानी आवश्यक देखिएकाले नेपालगञ्जस्थित अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आक्रमणकारीहरूको खोजी तथा घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
९ घण्टा अगाडि
1.3kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



