

शिक्षक सरुवा व्यवस्थापनमा कडाइ : मन्त्रालयद्वारा ३ बुँदे निर्देशन जारी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले शिक्षक सरुवा व्यवस्थापनसम्बन्धी ३ बुँदे कडाइ निर्देशन जारी गरेको छ ।
महाशाखाले देशभरका सबै स्थानीय तहलाई सोमबार पत्राचार गर्दै स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर वा अन्तर–स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न स्पष्ट निर्देशन दिएको छ ।
त्यस्तै, सम्बन्धित स्थानीय तहमा खुद पुल दरबन्दी रहेका अवस्थामा सोही दरबन्दीमा मात्रै शिक्षक सरुवा गर्नुपर्ने व्यवस्था कडाइका साथ पालना गर्न भनिएको छ ।
यसैगरी, ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाका लागि निवेदन दिएका सम्भाव्य उम्मेदवारहरूको हकमा बढुवाको अन्तिम नतिजा प्राप्त नभएसम्म सरुवा सहमति नदिन पनि स्थानीय तहहरूलाई निर्देशन दिइएको छ ।
महाशाखाले शिक्षक व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र आयोगमार्फत हुने स्थायी पदपूर्तिलाई असर नपर्ने गरी कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१० घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



