

एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले एक विशेष समारोहबीच अवकाशप्राप्त प्रहरी अधिकृतलाई सम्मानपूर्वक बिदाइ गर्नुका साथै पदोन्नति भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गरेका छन्।
सेवा अवधिका आधारमा अनिवार्य अवकाश प्राप्त गर्नुभएका पूर्व प्रहरी निरीक्षक गजेन्द्र बहादुर शाहीलाई एआईजी कार्कीले सम्मानपूर्वक बिदाइ गर्दै उहाँले नेपाल प्रहरी संगठनमा पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गरेका थिए।
त्यसै अवसरमा प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी निरीक्षक संजिव कुमार झालाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको थियो। साथै नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रअनुसार सञ्चारतर्फ दरबन्दी रहेका प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ निरीक्षक पदसम्म पदोन्नति भएका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा एआईजी कार्कीले पदोन्नति भएका प्रहरी कर्मचारीहरूलाई बधाई दिँदै नयाँ जिम्मेवारीलाई अझ उच्च व्यावसायिकता, इमान्दारिता र सेवाभावका साथ निर्वाह गर्न आग्रह गरेका थिए। उनले संगठनको प्रतिष्ठा र जनविश्वासलाई अझ मजबुत बनाउन सबै प्रहरी कर्मचारीको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे।
उक्त बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले एकातर्फ लामो समय संगठनमा सेवा पुर्याएका प्रहरी अधिकृतप्रति सम्मान व्यक्त गरेको छ भने अर्कोतर्फ पदोन्नति प्राप्त कर्मचारीहरूलाई थप जिम्मेवारी र उत्साहका साथ कार्यसम्पादन गर्न प्रेरित गरेको सहभागीहरूले बताएका छन्।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
८ घण्टा अगाडि
1.3kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



